मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सदरलाइन संवाददाता २० मंसिर २०८०, बुधबार १३:१५
 

नेपालगञ्ज : कोहलपुरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने वर्ष ७० को प्रमोद पौडलको मृत्यु भएको हो ।

कोहलपुर १४ पार्बतीपुरको मन्दिर नजिकको भित्री बाटोमा बाटो क्रस गर्ने क्रममा पैदल यात्रु पौडेललाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका पौडेलको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।


मोटरसाइकल र मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष ३८ को नेत्र लाल यादव प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धानको उचित मूल्य नपाउँदा बाँकेका किसान चिन्तित्

२० मंसिर २०८०, बुधबार १३:१५
नेपालगञ्ज : महँगी चुलिएका बेला सरकारले धानको समर्थन मूल्य उचित निर्धारण नगरेको भन्दै बाँकेका किसान चिन्तित भएका छन् । महँगी सुहाउँदो समर्थन मूल्य नभएको र किसान थप महँगीको मारमा पर्ने भन्दै बाँकेका किसान चिन्तित भएका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय, नेपालगन्जले यस वर्ष किसानले […]

सम्बन्धित