नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गते शनिवार

सदरलाइन संवाददाता २८ भाद्र २०८१, शुक्रबार १७:४२
 

 

नेपालगञ्ज :  नेपाल पत्रकार महासंघको निर्वाचनको लागि नयाँ मिति सार्वजनिक भएको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै यही असोज १२ गते शनिवार महासंघको सबै तहको निर्वाचन हुने जानकारी दिएका छन् ।


यसअघि महासंघले यही असोज ५ गतेका लागि निर्वाचन मिति तोके पनि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि परिस्थिति असहज भएको कार्यवाहक अध्यक्ष विष्टको विज्ञप्तीमा भनिएको छ ।

महासंघले शुक्रबार नै सरोकारवाला सबैको सहमतिमा मतदाता सूची निर्वाचन समितिलाई बुझाएको छ । सो सूची अनुासर भदौ २९ गते शनिवार मतदाता सूची र शनिबार नै निर्वाचन सम्बन्धी कार्यक्रमको तालिका सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख छ ।

कार्यवाहक अध्यक्ष विष्टले निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षलाई आव्हान पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशीमा मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

२८ भाद्र २०८१, शुक्रबार १७:४२
बिराटनगर :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिषरिषद विस्तार गरेका छन् । कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका मन्त्री र राज्यमन्त्रीहरु थप गरी विस्तार गरिएको हो । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएपछि खाली रहेको भौतिक पुर्वाधार विकास मन्त्रालयमा भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा खगेनसिंह हाङ्गाम, […]

सम्बन्धित