रुपन्देहीमा प्रहरी र तस्करबीच झडप

२९ पुष २०७५, आईतवार १०:३८
 

सदरलाइनडटकम,
बुटवल : सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । गस्तीमा रहेको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३५ वर्षीय तस्करले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली चलाएको थापाले बताए । प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
मृतक भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ । प्रहरी उपरीक्षक थापाका अनुसार तस्करले चलाएको गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।

Next Post

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिंदै

२९ पुष २०७५, आईतवार १०:३८
सदरलाइनडटकम, इलाम : पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीको अवस्था कमजोर बन्दै गएको छ । स्वास्थ्य शिक्षा सुधारलगायतका ६ वटा माग राखी गत बुधबारदेखि अनशनमा बसेका केसीको रगत तथा पिसाब परीक्षण गर्न सकिएको छैन । नशा नभेटिँदा रक्त परीक्षण गर्न नसकिएको उनका सहयोगी डा. रामकृष्ण आचार्यले जानकारी दिए । उनका […]

सम्बन्धित