नदीले बगाउँदा मृत्यु भएकी महिला कोहलपुरकी

सदरलाइन संवाददाता १६ आश्विन २०७८, शनिबार १५:५१
 

नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिका वडा नं. ८ स्थित भादा नदीले बगाउँदा मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । उनी बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ चपौगौडीकी ५८ वर्षीया कर्णसिला शाही रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

शाहीलाई शुक्रबार भादा नदीले बगाइरहेको समयमा प्रहरीले उद्धार गरी बर्दिया अस्पताल गुलरिया लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको परिचय खुल्न नसकेपछि प्रहरीले शाहीको तस्बिर सार्वजनिक गरेको थियो ।


उनको पहिचान खुलेको र शनिवार विहान ११ बजे शवलाई श्रीमान प्रेम शाहीको जिम्मा लगाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल प्रहरीद्वारा तीन जना सशस्त्र प्रहरी सम्मानित

१६ आश्विन २०७८, शनिबार १५:५१
धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका तीन जना गोताखोर कर्मचारीहरूलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्की, जवानद्वय हरिश भट्ट र तिलक लामालाई सम्मान गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा शनिवार एक कार्यक्रमका बीच […]