२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसदलाई सम्बोधन गर्दै



नेपालगञ्ज डेस्क :  प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री ओली आउँदो असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।

सो सम्बोधनमा महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे प्रधानमन्त्री ओलीले अग्रीम रुपमा संसदलाई जानकारी गराउन लागेका हुन ।

प्रकाशित मिति : २०८१ भदौ २७ गते बिहीबार
ताजा समाचार