२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

एककिलो चरेशसहित नेपाली महिला भारतमा पक्राउ



नेपालगञ्ज  : प्रतिबन्धित लागुपदार्थ चरेश बोकेर भारत प्रवेश गर्दै गरेकी नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् ।

भारत रुपईडिहाका थाना ईञ्चार्ज शमशेर बहादुर सिँह र रुपईडिहास्थित एसएसबीको ४२औं वाहिनीका जवानले संयुक्त जाँच गर्दा बाग्लुङ निसी वडानं. ७ बस्ने ३२ वर्षीया जीवनकुमारी घर्तीका साथबाट एक किलो चरेश बरामद गरेको हो ।

भारतीय प्रहरीको नियन्त्रणमा रहेकी घर्तीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बहराइच चलान गरिएको भारतीय प्रहरीलाई उदृत गर्दै रुपईडिहाबाट सञ्चारकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमबार
ताजा समाचार