पाल्पामा राष्ट्रपती पौडेललाई मुख्यमन्त्री आचार्यको न्यानो स्वागत

सदरलाइन संवाददाता ११ भाद्र २०८१, मंगलवार १७:५४
 

पाल्पा : पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार पाल्पा पुगेका राष्ट्रपती रामचन्द्र पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा न्यानो स्वागत गरेका छन् ।

सो अवसरमा राष्ट्रपती पौडेललाई जनस्तरबाट समेत भब्य स्वागत गरिएको छ । यस्तै जात्रामा सहभागी हुन आएका संस्कृति तथा पर्यटनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मान वीर राइलाई समेत स्वागत गरिएको छ ।

तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस बर्ष सार्वजनिक विदा समेत दिएको छ । नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्ण जन्माष्टमीको अर्काे दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहदै आएको छ ।


विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवाद लाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा बिजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ ।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथ लाई नै हाल सम्म विजय जात्राको रुपमा संचालन गरिदै आइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री आचार्यद्वारा सिद्धबाबा सुरुङ मार्गको अवलोकन चाँडै ब्रेकथ्रु गर्ने तयारी

११ भाद्र २०८१, मंगलवार १७:५४
बुटवल :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले बुटवल–पाल्पा सडक खण्डमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको अवलोकन गरेका छन् । सुरुङ मार्गको स्थलगत निरिक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रगतीबारे जानकारी लिएका हुन । निर्माणाधिन अवस्थाको सुरुङ प्रदेशको पहिलो सुरुङ मार्ग रहेको बताउदै उनले विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरण समेत गरे । […]

सम्बन्धित