महेशलाई स्वर्ण

सदरलाइन संवाददाता २७ मंसिर २०७८, सोमबार १८:५४
 


काठमाडौं : मकाउ बडिबिल्डिङ एन्ड स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा नेपालका महेश श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पुरुष ७० केजीको बडिबिल्डिङमा स्वर्ण जितेका हुन् ।

चीनका साम चुइले रजत तथा नेपालका प्रवेश अधिकारीले कांस्य जिते । नेपालकै सफल गुरुङ चौथो भए । उक्त स्पर्धामा १४ खेलाडी सहभागी थिए ।


बडिबिल्डिङकै पुरुष ६० केजीमा नेपालका बलु खड्काले कांस्य जिते । उनको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । १३ प्रतिस्पर्धी सहभागी स्पर्धामा हङकङका लाइ चि मेङ पहिलो र फिलिपिन्सका मानुएल पेड्रो दोश्रो भए । प्रतियोगितामा १ सय २ खेलाडीले सहभागिता जनाएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महोत्सवको विरोधमा तुलसीपुर बजार बन्द

२७ मंसिर २०७८, सोमबार १८:५४
नेपालगञ्ज : तुलसीपुर उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न २३ वटा उपसमितिले तुलसीपुर बजार बन्द गरेका छन् । आगामी पुस १ देखि १२ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको महोत्सवको विरोधमा मंगलबार तुलसीपुर बजार बन्द गरिएको हो । तुलसीपुर चेम्बर अफ कमर्सले जबरजस्ती महोत्सव आयोजना गर्न लागेको भन्दै उनीहरूले मंगलबार बेलुका ५ […]