पाल्पा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर प्रदेश भित्रका साझा सरोकारका बिषयलाई सामुहिक रुपमा सम्बोधनका लागि पहल आवश्यक पर्ने बताएका छन् ।
पाल्पाको रानीमहलमा लुम्बिनी प्रदेश सरकारको आयोजनामा अन्तर प्रदेश स्तरीय बैठकलाई बुधबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले सडक पूर्वाधार, हवाई यातायात, सुरक्षा, कृषि, पर्यटन लगायत साझा सरोकारका बिषयलाइ प्राथमिकमा राखेर अघि बढ्न जरुरी रहेको कुरामा जोड दिए ।


उनले प्रदेशका साझा सरोकारका बिषयलाई संयुक्तरूपमा आवाज उठाउन जरुरी रहेको धारणा राखे । उनले सुनौली नाका हुदै भित्रीने भारतीय पर्यटकलाई पोखरासम्म पु¥याउने बारेमा पनि साझा योजना आवश्यक पर्ने बताए ।
सिद्धार्थ राजमार्गको बिस्तार, बसाइँसराइका कारण पहाडहरु रित्तिन थालेको बिषय दुई प्रदेशको साझा सरोकार भित्र पर्ने, साझा मुद्दालाई सामुहिक रुपमा सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो ।