मुख्यमन्त्री आचार्यले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई गरे पाल्पामा स्वागत

सदरलाइन संवाददाता ३० माघ २०८१, बुधबार १३:२३
 

पाल्पा :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पाल्पामा स्वागत गरेका छन् । पाल्पाको रानीमहलमा लुम्बिनी प्रदेशको आयोजनामा अन्तरप्रदेश स्तरीय बैठकमा सहभागि हुन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई पाल्पा स्वागत गरेका हुन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बिच पाल्पाको रानीमहलमा अन्तरप्रदेश स्तरीय बैठक हुदैछ । बैठकमा मुख्यमन्त्री सहित मन्त्रिहरु, प्रमुख सचिव, सचिवहरु लगायतको बिशेष उपस्थिती छ ।

दुई प्रदेशको समृद्धि र विकासका साझा सरोकारलाई समेट्दै दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । दुवै प्रदेशका वार्षिक नीति तथा कार्यक्रम र आगामी बजेट निर्माणमा समावेश गर्नेगरी साझा प्रतिबद्धता तयार पारिएको छ ।


सो अवसरमा प्रदेशस्तरीय नीति निर्माण, कर प्रणाली, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रण, तथा सुशासन प्रवद्र्धनका विषयमा विस्तृत छलफल हुनेछ ।

उक्त अवसरमा दुवै प्रदेशबाट तर्जुमा भइसकेका तथा प्रस्तावित कानूनहरूबीच समन्वय, सहकार्य र एकरुपता कायम गर्ने, प्रदेशस्तरीय कर प्रणालीमा एकरुपता कायम गर्दै प्राकृतिक स्रोत तथा साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटमा सहमति जुटाउने, दुई प्रदेशलाई जोड्ने प्रमुख सडक पूर्वाधार तथा पुल निर्माणका लागि आवश्यकताअनुसार नेपाल सरकारसँग समन्वय गर्दै साझेदारी तथा सहकार्य गर्ने, दुवै प्रदेशको दीर्घकालीन हित हुने सम्भावित ठूला परियोजनाहरू पहिचान गरी सहलगानीका आधारमा सञ्चालन गर्नेलगायतका विषयमा सहमति कायम गरिने छ ।

त्यस्तै प्राकृतिक प्रकोप न्यूनीकरण तथा विपद् व्यवस्थापनमा साझेदारी, सहकार्य, र समन्वयात्मक ढङ्गबाट कार्य गर्ने, लागूऔषध ओसारपसारको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि सुरक्षा निकायहरूसँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्ने, दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर निजि क्षेत्रको सहकार्यमा आकर्षक संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने, सीमा क्षेत्रका नदी तथा जलस्रोतहरूको व्यवस्थापन गर्दै जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, तथा सिँचाइ संरचनाको निर्माणमा सहकार्य गर्ने, दुवै प्रदेशको विकास, सुशासन, र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रविधिको उपयोगलाई प्राथमिकता दिने विषयमा पनि सहमति कायम गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन : अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ

३० माघ २०८१, बुधबार १३:२३
पाल्पा  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने कुरामा जोड दिएका छन् । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बिशेष उपस्थितीमा पाल्पाको रानीमहलमा आयोजना गरेको अन्तर प्रदेश समन्वय बैठकलाई बुधवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरामा जोड दिएका हुन । […]

सम्बन्धित

ताजा अपडेट