बाँकेमा स्क्रबटाइफस र डेङ्गु संक्रमित बढ्दै

सदरलाइन संवाददाता ३१ भाद्र २०८०, आईतवार १४:३६
 

नेपालगञ्ज : पछिल्लो समय बाँकेमा बालबालिकामा स्क्रबटाइफस र डेङ्गु रोग पनि देखिन थालेको छ । बालबालिकामा एन्फ्लुएन्जासँगै स्क्रबटाइफस र डेङ्गु रोग पनि पनि देखिन थालेको चिकित्सकले जनाएका छन् । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले हाल आएर भेरी अस्पतालमा आउने बिरामीमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढ्न थालेको बताए ।

उनले भेरी अस्पतालमा आएका बालबालिकामा बढी स्क्रबटाइफस र डेङ्गु रोग देखिए पनि अन्य उमेर समूहका बिरामीहरूमा पनि सो रोग भेटिन थालेको बताए । यस्तै नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जका बालरोग विशेषज्ञ डा. रोमा बोहोराले अहिले अस्पतालमा उपचारका लागि आउने बालबालिकामा स्क्रबटाइफस र डेङ्ग सङ्क्रमण देखिन थालेको बताइन् ।

उनले स्क्रबटाइफससँगै डेङ्गु सङ्क्रमण पनि देखिन थालेकाले सामान्य ज्वरो र रुघाखोकीमा पनि समयमै बालबालिकाको परीक्षण आवश्यक भएको बताइन् ।


नेपालगञ्जका वरिष्ठ बालरोग विशेषज्ञ डा. सकिल अहमदले स्क्रबटाइफसको सङ्क्रमण भएमा बालबालिकालाई धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निने जस्ता लक्षण देखा पर्ने बताए । उनले बिस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्ने हुँदा यस्ता लक्षण देखिएमा छिटोभन्दा छिटो चिकित्सकको परामर्श लिएर औषधी दिनु आवश्यक रहेको बताए ।

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार स्क्रबटाइफस एक किसिमको सरुवा रोग हो । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ‘ओरिन्सिया सुसुगामासी’ भन्ने जीवाणुबाट लाग्दछ । उनले भने, “माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरपरको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । स्क्रबटाइफसको पहिचान गरी समयमै औषधी सेवन गरे यो रोग निको हुन्छ तर समयमै उपचार नगरे यसले गम्भीर रूप लिएर मानिसको ज्यानसमेत जान सक्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट रुकुम जाँदै गरेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

३१ भाद्र २०८०, आईतवार १४:३६
नेपालगञ्ज : तुलसीपुरमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतवार बिहान सवा ९ बजे नेपालगञ्जबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर – १६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नं. को अटोरिक्सालाई तुलसीपुर–६ स्थित स्टार चोकमा ठक्कर दिएको थियो […]