मुख्यमन्त्री आचार्यद्वारा सिद्धबाबा सुरुङ मार्गको अवलोकन चाँडै ब्रेकथ्रु गर्ने तयारी

सदरलाइन संवाददाता ११ भाद्र २०८१, मंगलवार १८:५२
 

बुटवल :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले बुटवल–पाल्पा सडक खण्डमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको अवलोकन गरेका छन् । सुरुङ मार्गको स्थलगत निरिक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रगतीबारे जानकारी लिएका हुन ।

निर्माणाधिन अवस्थाको सुरुङ प्रदेशको पहिलो सुरुङ मार्ग रहेको बताउदै उनले विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरण समेत गरे । निर्माण चाँडै सम्पन्न भए नागरिकलाई आवतजावतमा सहजता हुने, पर्यटन प्रबद्र्धनमा समेत यो मार्गले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सुरुङ मार्गको अवलोकन गर्दै मृत्यु मार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा सावित हुने बताए ।

अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा खन्ने काम भइरहेको छ । अवको दुईदेखि तीन महिना भित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका ईञ्जिनियर सविता ज्ञवालीले जानकारी दिईन ।


यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजना अन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।

सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । सुरुङको बीचबीचमा आपत्कालीन द्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छ ।

सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । क्रस प्यासेजहरूको मात्र कुल दूरी ४ सय ४१ मिटर छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ ।

यो खण्ड भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन । पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका हरेक कामलाई तथ्यांकले मुल्यांकन गरिनेछ : मुख्यमन्त्री आचार्य

११ भाद्र २०८१, मंगलवार १८:५२
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्यांकको आधारमा मुल्यांकन गरिने बताएका छन् । उनले प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्यांकको आधारमा बस्तुगत मुल्यांकन गरेर अघि बढ्नुपर्ने, तथ्यांकलाई मुल्यांकनको आधार बनाउदा बावस्तविकता पत्ता लगाउन सकिने बताएका हुन । बुधवार प्रदेश योजना आयोगले मुख्यमन्त्री तथा […]