लोकतन्त्र दिवसका अवसरमा रारा म्याराथन हुने

सदरलाइन संवाददाता २८ कार्तिक २०७८, आईतवार १४:०७
 


नेपालगञ्ज : लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको छ । यस खेलले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्ने आयोजक संस्था अन्तराल द्धारा जारि विज्ञप्तिमा भनिएको छ ।

रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा (जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालका संचार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


अन्तरालले नेपालको पर्यटन, फोटोग्राफीको विकासका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समेटी नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल र नेपाली राष्ट्रिय झन्डा महोत्सव गर्दै आएको छ ।

म्याराथनमा सहकार्य र सहभागिताका लागि अन्तरालले सबैंसँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एक महिलाको मृत्यु

२८ कार्तिक २०७८, आईतवार १४:०७
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–४ बर्दियाका ४५ वर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि ती महिला तीन दिन अघि अस्पताल भर्ना भएकी थिइन् । उनलाई त्यसैदिन […]

सम्बन्धित