‘नेपालमा केही भएन र भएको छैन भन्ने कुरा तथ्यसङ्गत छैन’

सदरलाइन संवाददाता ३० माघ २०८१, बुधबार १३:०५
 

भक्तपुर :  नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतले नेपालमा केही भएन र भएको छैन भन्ने कुरा तथ्यसङ्गत नभएको बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै जेता बस्नेतले नेपालले आर्थिक र सामाजिक क्षेत्रमा निक्कै प्रगति गरेको कुरामा जोड दिदै भने–‘शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालको प्रगति लोभलाग्दो छ, तर भ्रम फिँजाउनेहरूले केही भएको छैन भन्ने प्रचार गरिरहेका छन् ।’

पूर्वमन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा अहिले पनि केही विकृति रहेको बताउँदै त्यसमा सुधार गर्दै जानु पर्नेमा जोड दिए । कतिपय सरकारी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीले निजी अस्पतालसँग सेटिङ गरेर सरकारी अस्पताललाई कमजोर बनाउने काम गरिरहेका बताउँदै बस्नेतले यसलाई सुधार गरेर जानु पर्नेमा उनको जोड थियो ।

नेपालको संविधानले नै नागरिकको स्वास्थ्य, शिक्षा, खाद्य लगायतका अधिकार व्यवस्था गरेको उनले बताए । त्यसैले यसलाई सम्बोधन गर्नु राज्यको दायित्व भएको बस्नेतले प्रष्ट पारे ।


अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर समाजमा भाँडभैलो मच्चाउने प्रयास गरिएको बताउँदै बस्नेतले त्यसैलाई रोक्ने सकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक ल्याएको बताए । अहिले केही अराजकहरू त्यसकै विरुद्ध उत्रिएका भन्दै उनले आलोचना गरे ।

युवालाई देशमा रोजगारीको लागि प्राविधिक शिक्षामा जोड दिनु पर्ने उनको धारणा छ । त्यसकै लागि सिटिइभिटी, राष्ट्रिय युवा परिषद्, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका निकायहरू स्थापित भएका उनले स्पष्ट पारे ।

युवालाई २ करोडसम्म प्रमाणपत्र वा परियोजना राखेर ऋण दिने योजना सरकारले ल्याएको नेता बस्नेतले बताए । नेपालका बैङ्कले ठगलाई धरौटी राख्न पैसा दिने तर, स्वरोजगारी गर्छु भन्ने युवालाई पैसा नदिने गरेका भन्दै उनले त्यस्ता बैंकहरुको कार्यशैली प्रति आलोचना गरे ।

उनले युवा पुस्ताले धेरै विवेक प्रयोग गर्नुपर्नेमा जोड दिदै सामाजिक सञ्जाल हेरेर कुनै पनि विषयमा धारणा बनाउनु नहुने उनको धारणा छ । युवाले गलतलाई गलत र सहीलाई सही भन्नु पर्नेमा बस्नेतले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री आचार्यले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई गरे पाल्पामा स्वागत

३० माघ २०८१, बुधबार १३:०५
पाल्पा :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पाल्पामा स्वागत गरेका छन् । पाल्पाको रानीमहलमा लुम्बिनी प्रदेशको आयोजनामा अन्तरप्रदेश स्तरीय बैठकमा सहभागि हुन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई पाल्पा स्वागत गरेका हुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बिच पाल्पाको रानीमहलमा अन्तरप्रदेश […]