लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन : अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ

सदरलाइन संवाददाता ३० माघ २०८१, बुधबार १३:४६
 

पाल्पा  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने कुरामा जोड दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बिशेष उपस्थितीमा पाल्पाको रानीमहलमा आयोजना गरेको अन्तर प्रदेश समन्वय बैठकलाई बुधवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरामा जोड दिएका हुन ।

उनले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने कुरामा जोडदिदै भने–‘लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरू अघि बढेका छन् । तर, केही योजनाहरू अपेक्षित रूपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ ।’ यी समस्या पनि आपसी समन्वय र सहकार्यबाट समाधान गर्न सकिन्छ ।’


मुख्यमन्त्री आचार्यले बुटवल–नारायणघाट सडकखण्ड, कालिगण्डकी करिडोरको बाँकी रहेका कामहरु चाँडो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको बताए । लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरू गण्डकी प्रदेशमा निर्यात हुने गरेको, यसको थप व्यवस्थित व्यवस्थापन आवश्यक रहेको धारणा राख्दै गण्डकी प्रदेशका उत्पादनहरूलाई लुम्बिनीमा बजारीकरण गर्दै व्यापार प्रवद्र्धन गर्न सकिनेमा पनि उनले जोड दिए ।

कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै दुबै प्रदेशले संयुक्त रूपमा प्रभावकारी कार्य गर्न सक्ने बताउँदै उनले यो बैठक दुबै प्रदेशको आर्थिक तथा विकास समृद्धिका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । कानून निर्माणको सन्दर्भमा प्रदेशस्तरमा एकरूपता ल्याउने बारेमा समेत धारणा राखे ।

संविधान अनुसार प्रदान गर्नुपर्ने अधिकारहरू प्रदेशलाई हस्तान्तरणका लागि पनि प्रदेशहरुको विचमा समन्वय र सहकार्य बढाउन आवश्यक रहेको भनाई उनको छ । केही आवश्यक कानूनहरूको निर्माण प्रक्रिया अघि नबढ्दा विभिन्न जटिलता उत्पन्न भएको भन्दै उनले अन्तर प्रदेश समन्वयात्मक बैठकले यी समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरप्रदेश भित्रका साझा सरोकारका बिषय सामुहिक एजेण्डा बन्नुपर्छ : मुख्यमन्त्री पाण्डे

३० माघ २०८१, बुधबार १३:४६
पाल्पा  :  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर प्रदेश भित्रका साझा सरोकारका बिषयलाई सामुहिक रुपमा सम्बोधनका लागि पहल आवश्यक पर्ने बताएका छन् । पाल्पाको रानीमहलमा लुम्बिनी प्रदेश सरकारको आयोजनामा अन्तर प्रदेश स्तरीय बैठकलाई बुधबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले सडक पूर्वाधार, हवाई यातायात, सुरक्षा, कृषि, पर्यटन […]