२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

भन्सार छलेर नेपालगञ्ज भित्रिएको बोलेरोसहित सामान प्रहरीको फन्दामा



नेपालगञ्ज : भन्सार छलेर नेपालगञ्ज भित्रिएको चिनी र खानेतेल बोकेको बोलेरोसहितको सामान बाँके प्रहरीले बरामद गरी भन्सार कार्यलयमा बुझाएको छ ।

भन्सार छलेर नेपालगञ्ज बसपार्क पुर्याइएको ठूलो मात्रामा चिनी र खाने तेलसहित बोलेरो बरामद गरेको छ । बोलेरो गाडीमा लोड गरिएको एक हजार ६ सय किलो चिनी र ८४ पेटी खाने तेलसहित बोलेरो गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले लु १ च ६९७० नम्बरको बोलेरो गाडीमा अवैध रुपमा ल्याइएको चिनी र तेल भेटिएपछि प्रहरीले गाडी, चालक भीमबहादुर डिसी, चिनी र तेल भन्सार कार्यालय, नेपालगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चिनि १ हजार छ सयकिलो प्रति किलो. ६० को दरले मुल्य रु.९६ हजार, भारतीय स्वाड ब्राण्डको खाने तेल ८४ पेटी प्रति पेटी १ हजार ४ सयको दरले मुल्य रु. १ लाख ७ हजार ६ सय र लु १ च ६९७० नम्बरको अन्दाजी मुल्य  ७ लाख पर्ने बोलेरो गाडी गरी अन्दाजी मुल्य जम्मा ९ लाख १३ हजार ६ सय बराबरको सामान भन्सारमा बुझाइएको हो ।

 

 

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहीबार
ताजा समाचार