Sadarline
२०८३ असोज २६ , सोमबार

नवनियुक्त सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण



काठमाडौँ,३१ असारः
पदभार सम्हाल्दै नवनियुक्त सञ्चारमन्त्री गुरुङ
नवनियुक्त सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ मन्त्रालयमा सोमबार पदभार सम्हाल्दै । तस्बिरःचन्द्रकला क्षेत्री÷रासस

काठमाडौँ  : सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरेका छन । उनले नयाँ सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसामु शपथ लिए लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन ।

नेकपा (एमाले) का नेता गुरुङ लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन । उनी गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री समेत हुन ।

गुरुङले गत आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार
ताजा समाचार