Sadarline
२०८३ असोज २६ , सोमबार

घाँटी रेटेर फरार रहेका अभियुक्त १३ महिनापछि प्रहरी नियन्त्रणमा



नेपालगञ्ज :  बाँके प्रहरीले करिव १३ महिना अघि नेपालगञ्जमा एक महिलाको घाँटी रेटेर हत्या गरेर फरार रहेको अपराधमा संलग्न भएको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान अघि बढाएको जनाएको छ ।

बाँके प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीका अनुसार २०८० बैशाख २९ गते नेपालगञ्ज उप–महानगरपालिका–९ मा कोठा भाडामा बस्दै आएकी कोहलपुर–६ स्थायी ठेगाना भएकी बर्ष २२ की सुमदरानी थारुलाई घाँटीरेटी हत्या गरेर फरार रहेका बर्दिया राजापुर–८ को बर्ष २६ को शैलेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले फरार रहेका अभियुक्त शैलेन्दैलाई जिप्रका बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरीको टोलिले जानकी गाउपालिका–१ पचपोखरा बाँके नजिकै नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरी नायव उपरिक्षक डाँगीले प्रहरी नियन्त्रणमा रहेका शैलेन्द्रलाई बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाईएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रबार
ताजा समाचार