Sadarline
२०८३ असोज २७ , मंगलबार

बाँके प्रहरीद्वारा अबैध भन्सार छलीकोे सामान नियन्त्रणमा



नेपालगञ्ज :  बाँके प्रहरीले भन्सार छलेर भित्र्याईएको विभिन्न सामान लिएर आउने ३ जना सहित दुई मोटरसाईकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बैशाख २२ र २३ गते भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको अवस्थामा माउण्टेन ड्यू नामक पिय पदार्थ, स्टेवलाईजरकोे सामान, सुती कपडा, प्याजलगायत अन्दाजी मुल्य दुई लाख एकासी हजार सात सय रुपैया बराबरको समान नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले भन्सार छलेको सामान ढुवानीमा संलग्न ३ जना मानिस र २ वटा मोटरसाईकलसमेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जनाएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख २३ गते आइतबार
ताजा समाचार