जडीबुटी प्रसोधन केन्द्रमा आगलागी

शिवेन्द्र भण्डारी ६ बैशाख २०८१, बिहीबार १८:४३
 

नेपालगञ्ज : बाँकेको जानकी गाँऊपालिका वडा नम्वर ६ स्थित बाहुवली हर्वल प्रालिमा आगलागी भएको छ । बिहिवार बिहान ७ वजेदेखि लागेको आगो बाँके, बर्दिया तथा भारतदेखि आएका दमकलद्वारा नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।

आगलागीमा जिल्लाका सुरक्षाकर्मीहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा नेपाली सेनाका करिव २५०जना सुरक्षाकर्मीहरुको करिव ५ घण्टाको प्रयासवाट नियन्त्रणमा लिईएको थियो ।

नेपालगञ्ज उपमाहानगरपालिकाका ३ वटा, कोहलपुर नगरपालिकाको १ वटा बाँसगढी नगरपालिकाबाट १, मधुबन नगरपालिकाबाट १, गुलरीया नगरपालिकाबाट १, नेपाल आएल निगमबाट १, नेपाल प्रहरीबाट १ साथै भारतदेखि १ गरि जम्मा ११ वटा पचिालित गरिएको नेपालगञ्ज नगर वारुण यन्त्र ईन्चार्ज झएन खड्काले जानकारी दिए ।


नेपालगञजका प्रसिद्ध जडिबुटी व्यवसायी राजेस कुमार जैन संचालक रहेको प्रसोधन केन्द नेपाल कै ठूलो रहको र उक्त केन्द्रमा, जटामसी, पदमचाल, सल्ला, चिराईतो लगाएतका जडिबुटी भण्डारण तथा प्रसोधन गरिने स्थानिय जडीबुटी व्यवसायी बिरेन्द्र बर्माले जानकारी दिए ।

बाँके प्रहरीका अनुसार सो घटनाको कारणको खोजी गर्दै अनुसंधान सुरु गरिएको छ । सो आगलागिमा परेर भएको क्षतिको यकिन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सत्ता गठबन्धनकै समर्थनमा सोडारीको दाबी पेश

६ बैशाख २०८१, बिहीबार १८:४३
धनगढी : सुदूरपश्चिको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन् । सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी […]