यार्सा टिप्ने तीन जनाको ज्यान गयो

१८ जेष्ठ २०७६, शनिबार १४:०४
 

सदरलाइनडटकम,
डोल्पा : डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइर्पुयाउँदा शनिवार बिहान मृत्यु भएको र जाजरकोटकै २२ वर्षीय रमेश चलाउनेको शुक्रवार प्यारी भोक्पा भन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीको गएको बिहीवार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो । लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बढ्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ ।
एक महिनाअघि मात्रै यार्सा सङ्कलन गर्न आएका जुम्लाका दुई जनाले ज्यान गुमाएका थिए । गत वैशाखदेखि हालसम्म पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

Next Post

अन्धाधुन्ध गोली चल्दा अमेरिकामा एघारको मृत्यु

१८ जेष्ठ २०७६, शनिबार १४:०४
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जिनियाबीच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको हो । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको […]