डुडुवाको १६औं गाउँसभाद्वारा नीति तथा कार्यक्रम पारित

सदरलाइन संवाददाता १२ असार २०८१, मंगलवार १९:०६
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधियेक, नीति तथा कार्यक्रम र रु ५१ करोड २५ लाख १८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।

संघिय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ रु ११ करोड ६४ लाख र संघिय सरकारको राजश्व बाडफाड रु १० करोड ८४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु ७९ लाख ३९ हजार र प्रदेश राजश्व वाडफाड रु ४४ लाख ८ हजार, आन्तरिक स्रोत रु ३ करोड ५२ लाख, ससर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान (संघ) रु २ करोड, समपुरक अनुदान संघ र प्रदेशबाट रु १ करोड ७० लाख र सशर्त अनुदान पुजिगत तर्फ रु ६५ लाखको बजेट प्रस्तुत भएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतको विषयलाई समेटेर टेवा पुरयाउने उद्देश्यले निती तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।


सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८१ प्रस्तुत गरेका थिए । सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्बसम्मत रुपमा पारित भएको छ ।

गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडीले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । सभामा गणपुरक संख्या २७ जनाको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय परिचयपत्र बनाउन आउनेका लागि हेल्थ डेस्क निर्माण

१२ असार २०८१, मंगलवार १९:०६
नेपालगञ्ज :  सरकारले सामाजिक सुरक्षा भत्ता लिनको लागि अनिवार्य राष्ट्रिय परिचयपत्र पेश गर्नु पर्ने प्रावधान बनाएपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा राष्ट्रिय परिचय पत्र बनाउन आउने जेष्ठ नागरिक अशक्त असाहेको भिड लागेको छ । उखरमाउलो गर्मी त्यसमा पनि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिबार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा विहानैदेखि […]