टिप्परको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु

२७ कार्तिक २०७५, मंगलवार १४:५२
 

सदरलाइनडटकम,
दाङ : सडक दुर्घटनामा परि दाङमा एक जनाको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्डको रावतगाउँ चोक नजिकै मंगलवार दिउँसो टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घोराहीबाट सर्रा तर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई रा १ क ५८२ नम्बरको टिप्परले पछाडीबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका १६ सानीअम्बापुरका ४२ बर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करपछि सडकदेखि तल खसेका मोटरसाईकल चालक सानीअम्वापुरकै बसन्त गिरी घाईते भएका छन् ।
गिरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरी चौकी सर्राले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक बिबेक महराले बताए ।

Next Post

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाईंदै

२७ कार्तिक २०७५, मंगलवार १४:५२
सदरलाइनडटकम, नेपालगञ्ज : मिथिलाञ्चललगायत देशैभर छठ पर्वको मुख्य दिन मंगलवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर धुमधामका सँग मनाईंदैछ । चार दिनसम्म मनाइने यो पर्व आस्था, निष्ठा एवम समाजिक सद्भावको रुपमा परिचित छ । घरघरमा शुद्ध एवम् चोखो भएर सख्खर (मिठा)ले तयार पारिएको ठेकुवा, भुसुवा, उखु, केरा, नरिवललगायतका पूजासामग्रीसहित नजिकै रहेको जलाशयमा गई […]