बिहीवार मध्यरातदेखि बाँकेमा मदिरा बिक्री वितरण र सेवनमा रोक

सदरलाइन संवाददाता १ मंसिर २०७९, बिहीबार १३:५०
 

नेपालगञ्ज : ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनलाई मध्यनजर गरि बाँके प्रशासनले १ मंसिर विहीवारदेखि मदिरा विक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ ।

आइतबार मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ । निर्वाचन सुरक्षालाई लक्षित गरी यस्तो निर्णय गरिएको शर्माले बताए ।

साथै, गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ ।


‘कसैले यो निर्णयविपरीत मदिरा बिक्री वितरण गर्ने, सेवन र ओसारपसार गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने छ,’ जारी सूचनमा उल्लेख छ ।

निर्वाचनको दिन बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन चलाउन रोक लगाउने निर्णय पनि भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल–भारतका सुरक्षाकर्मीद्वारा दशगजामा संयुक्त गस्ती

१ मंसिर २०७९, बिहीबार १३:५०
नेपालगञ्ज : आगामी मंसिर ४ गते नेपालमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल भारत सीमा क्षेत्रको दशगजामा दुईदेशका सुरक्षा निकायले संयुक्त गस्ती गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी अन्तर्गत बिओपी जमुनाहाका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक […]