डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडानं. ६ मा नेकपा एमालेले शनिवार वडा कमिटी गठन गरेको छ । वडा कमिटीका निवर्तमान अध्यक्ष ओरीलाल मुराउको अध्यक्षतामा भएको अधिवेशनले अध्यक्षमा पुनः मौर्यलाई चयन गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं डुडुवा इन्चार्ज पशुपति दयाल मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ११ सदस्यीय समिति चयन गरेको हो ।


एमाले प्रदेश कमिटी सदस्य एवं डुडुवा इन्चार्ज बाली भद्र पुन विशिष्ट अतिथी रहेको अधिवेशनबाट उपाध्यक्षमा अक्लिमुन निशा, सचिवमा केलाराम महाउत, उपसचिवमा सुनिल कुमार पासी र जवन्ती महाउतलगायत ११ सदस्यीय कमिटी चयन गरेको केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले बताए ।
वडा कमिटीका निवर्तमान सचिव बिराउन शेषले सञ्चालन गरेको कार्यक्रममा सय बढी स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।