अछाम दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो

सदरलाइन संवाददाता २५ आश्विन २०७८, सोमबार १२:३०
 

नेपालगञ्ज : अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति करिब ११ बजे भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

प्रहरीका अनुसार पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हिमालको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते १५ जनामध्ये १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । दुईजनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए । जिल्ला अस्पतालमा उपचार भएकामध्ये हार्डीजोर्नीसम्बन्धी सल्लाह तथा उपचारका लागि दुईजनालाई बयालपाटा असपताल रेफर गरिएको डा. प्रेमप्रसाद ढुंगानाले बताए ।


घाइतेमध्ये पञ्चदेवल विनायक–२ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगञ्ज रिफर गरिएको हो । घाइतेमध्ये तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन् ।

से १ च १७६३ नम्बरको बोलेरो जिप आइतबार राति सडकबाट करिब ३०० मिटर तल खसेको हो । जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बडादशैंको पाँचौ दिन, आज स्कन्दमाताको पूजाआजा गरिँदै

२५ आश्विन २०७८, सोमबार १२:३०
नेपालगञ्ज : बडादशैंको पाँचौ दिन आज (सोमवार) स्कन्दमाताको पूजाआजा गरेर मनाइँदैछ । दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्कन्दमाताको हो । नवरात्रका दिन शुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूजा गरिएकोमा आज पाँचौ दिन स्कन्दमाताको पूजा गरिँदै छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, […]