नेपाल ल्याईएको उन्नत जातका मुर्राराँगाबाट वीर्य संकलन सुरु 

रुद्र सुवेदी २५ चैत्र २०८०, आईतवार १७:२५
 
खजुरा (बाँके) : प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण गएको बेला  सम्झौता भई गत मंसिरमा नेपालगञ्ज हुँदै नेपाल भित्रिएका उन्नत जातका भारतीय मूर्राबाट वीर्य संकलन गर्न सुरु गरिएको छ ।
भारत सरकारबाट अनुदानमा नेपाल भित्रिएका उन्नत जातको मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु गरिएको राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटका कार्यालय प्रमुख डा. खगेन्द्रराज सापकोटाले जानकारी दिए ।
गत मङ्गसिर ६ गते नेपालगञ्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाट ल्याइएका थिए । नेपाल ल्याइएका १५ मुर्रा राँगामध्ये नेपालगञ्ज कार्यालयमा तीन वटा राँगा राखिएको डा. सापकोटाले जानकारी दिए । नेपालगञ्ज कार्यालयमा राखिएका तीन राँगा मध्ये २ वटाबाट वीर्य सङ्कलनको काम सुरु गरिएको उनले बताए ।
उनले भने–‘ यहाँ रािखएका मध्य अहिलेलाई २ वटाबाट मात्र ििवर्य संकलन गर्ने काम भएको छ । अर्को अली उमेर कम भएकोको र तालिम दिनुपर्ने भएकोले सिकाउने पिरियडमा छ । उमेर पाको र केही सिकाएपछि उसबाट पनि विर्य निकालिने छ ।’
पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटमा राखिएका तीन वटा मुर्रा राँगाबाट मङ्सिर महिनादेखि फागुन मसान्तसम्म १ सय ४३ डोज जमेको वीर्य उत्पादन गरिएको कार्यालयका पशु विकास अधिकृत डा. मिलन चौधरीले जानकारी दिए ।
उनले भने–‘ संकलन गरिएको विर्यलाई ३७ डिग्रीदेखि अन्तिम प्रडक्ट निकाल्दासम्म माईनस १४० डिग्रीमा भण्डारण गरिने गरिन्छ ।’ उनले पटक–पटक परिक्षण गरी गुणस्तरिय विर्यमात्र किसानलाई उपलब्ध गराउने गरी काम गरिने गरिएको बताए ।
पशु सेवा प्राविधिक देवनारायण जैसीले यस कार्यालयबाट मुर्रा राँगा, जर्सी साँढे र बोयर जातको बोकाबाट वीर्य सङ्कलन गरिंदै आएको बताए । उनले भने–‘ यस वर्षको फागुन मसान्तसम्म राँगा, जर्सी तथा बोयरबाट ६४ हजार ४० डोज वीर्य  उत्पादन गरिएको छ ।’
उनका अनुसार नेपालगञ्ज मुर्रा राँगाबाट ४० हजार ७ सय ९० डोज, भारतीय मुर्रा राँगाबाट १ सय ४३ डोज, गड्डी राँगाबाट ७ सय ३४ डोज गरी ४१ हजार ६ सय ६७ डोज राँगाको वीर्य उत्पादन भएको छ । त्यसैगरी जर्सी साँढेबाट ५ सय ९६ डोज र होलिष्टेन साँढेबाट ५ हजार ८ सय ८२ गरी ६ हजार ४ सय ७८ डोज साँढेको वीर्य उत्पादन गरिएको छ ।
बोयर बोकाबाट १५ हजार ८ सय ९५ डोज गरी यो आर्थिक वर्षको फागुन मसान्तसम्म जम्मा ६४ हजार ४० डोज वीर्य उत्पादन भएको प्राविधिक जैसीले जानकारी दिए ।
जैसीले गत आर्थिक वर्षमा कार्यालयबाट ४२ हजार ९ सय ४९ डोज वीर्य उत्पादन गरिएको कार्यालयका प्राविधिक जानकारी दिए । गतवर्ष नेपालगञ्ज मुर्रा राँगाबाट ३९ हजार ७ सय १७ डोज र बोयर बोकाबाट ३ हजार २ सय ३२ डोज गरी गत वर्ष ४२ हजार ९ सय ४९ डोज वीर्य उत्पादन गरिएको छ । जर्सी साँढेबाट यस वर्षबाट मात्र वीर्य उत्पादन थालिएको उनले बताए ।
राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्जलगायत पोखरा र लाहानबाट राँगो र साँढेबाट वीर्य सङ्कलन गरिदै आए पनि बोयर बोकाबाट भने नेपालगञ्ज कार्यालयबाट मात्र वीर्य सङ्कलन हुँदैआएको पशु विकास अधिकृत डा. चौधरीले जानकारी दिए । उनले हप्तामा दुईदिन सोमबार र बिहीबार विर्या संकलन गरिने बताए ।
उनले हाल यस कार्यालयमा भारतीय मुर्रासहित राँगो १९ वटा, साँढे १२ वटा, बोका १७ वटा र बाख्रा ४ वटा गरी जम्मा ५२ वटा पशु रहेको बताए । कार्यालयबाट कृत्रिम वीर्य उत्पादन मात्र नभएर पशुलाई प्राकृतिक गर्भाधान पनि गराइने उनले जानकारी दिए । गत वर्ष २ सय ४३ गाई, ६ सय ८८ भैंसी र ५ सय ४८ बाख्रा गरी एक हजार ४ सय ७९ वटा पशुलाई प्राकृतिक गर्भाधान गराइएको थियो ।
कृतिम गर्भाधान गराउदा पशुको नश्ल सुधार हुने, किसानलाई आम्दानी हुने भएकोले कृतिम गर्भाधान प्रति किसान आर्कशित हुने गरेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकीमा मन्त्रीमण्डल गठन,चुमान र मनाङे मन्त्री

२५ चैत्र २०८०, आईतवार १७:२५
कास्की :  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सानो  आकारको  मन्त्रीपरिषद्  गठन गरेका छन् । मुख्यमन्त्रीको पद तथा गोपनीयताका शपथ लिएसँगै मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन् । नव नियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिएको छैन । मन्त्री […]

सम्बन्धित