बाँकेको बैजनाथस्थित शिव शिखर जम्यो कृषिमा

सदरलाइन संवाददाता ११ भाद्र २०७९, शनिबार १४:१०
 

नेपालगञ्ज : बाँकेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बाँकेमार्फत सञ्चालित शिव शिखर कृषि अनुसन्धान केन्द्र बाँकेले कृषि क्षेत्रको सम्भावनालाई उजागर गरेको छ ।

सुरुमा लिजमा जग्गा लिएर कृषि क्षेत्रमा होम्मिएको संस्थाले अहिले आफ्नै जग्गामा कृषि व्यवसायलाई अगाडि बढाएको छ । २०७१ सालमा बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा साढे २२ विगहा जग्गा लिजमा लिएर कृषि व्यवसायमा अग्रसरता देखाएको थियोे ।

८ बर्षको लागि लिजमा लिएको जग्गामा शिव शिखरले बाख्रा १ सय २० वटा, पाडा ४८ वटा, भैसी १५, चाइनीज हाँस २५ वटा, राजा हाँस १८ वटा, लोकल हाँस ८ वटा, माछा, कुखुरा उत्पादन गरि विक्रि वितरण गरि आम्दानी लिन सफल भएको छ । यति मात्र नभई फलफुलका विरुवा उत्पादन तथा फलफुलका विरुवा रोपी फल विक्री गरिने गरेको शिव शिखरका अप्रेशन इन्चार्ज गणेश न्यौपानेले बताए ।

शिव शिखरले पशुपालन तथा नर्र्सरीमा फलफुलका विरुवा लगाउने र उत्पादन गर्ने उद्देश्यका साथ बैजनाथको छमनियामा आफ्नै ४ विगाहा ६ कठठा जग्गामा पशु पालन तथा नर्सरीमा फलफुलका विरुवा उत्पादन गर्ने उद्देश्यका साथ व्यवसाय संचालन गरेको न्यौपानेले बताए ।


१५ सय कागती ६ सय अम्बा, ६ सय अंमला, जामुन लगायतका फलफुलहरु रोपीसकेको न्यौपानेले बताए । शिव शिखरले कृषि पेशाका लागि ८ जना कर्मचारी र समय अनुसार स्थानियलाई मासिक रुपमा लेबरी लगाउने कार्य गर्दै आएको न्यौपानेले बताए ।

शिव शिखरले उत्पादन गरेको पशुपालनमा बैजनाथ १ गाभरका पर्शुराम शर्मा जम्नु भएको छ । उहाँले अहिले ३४ वटा पाडाको हेरचाह गर्नमा जम्नु भएको हो । शर्माको दैनिकी पाडालाई हेरचाह गर्नेमा दिन वित्ने गरेको छ । विहान उठ्ने वित्तिकै पानी खुवाउने खाना दिने चराउन जानमा दिन वित्ने गरेको उनले बताए ।

शिव शिखरले २२ विगहा जमिनको मासिक ७० हजार भाडा तिर्नु परेको थियो । अहिले आफ्नै जमिनमा कृषि कर्ममा जुटेको शिव शिखरले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका अस्पतालमा भाइरल ज्वरोका विरामी बढे

११ भाद्र २०७९, शनिबार १४:१०
नेपालगञ्ज : बाँकेका अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या लिएर अस्पताल आउने विरामीको संख्या बढ्दै गएको भेरी अस्पतालका सूचना अधिकारी डा संकेत रिसालले जानकारी दिए । हिंजोआज दैनिक सय बढी ज्वरोका बिरामी आउने गरेको उनको भनाइ छ । अस्पताल पुग्ने ज्वरोका […]