नेपालगञ्जमा माघ महोत्सवको सम्पुर्ण तयारी पुरा

सदरलाइन संवाददाता २६ पुष २०७९, मंगलवार १४:१६
 

नेपालगञ्ज : नेपालगञ्जमा हुने दुईदिने लुम्बिनी प्रदेशस्तरीय माघ महोत्सवको सम्पुर्ण तयारी पुरा गरिएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगञ्जमा आयोजना गरिएको माघ महोत्सबको सम्पुर्ण तयारी पुरा गरिएको हो ।

थारू कल्याणकारिणीसभा बाँकेले यही पौष २७ र २८ गते नेपालगञ्जको रमलीला मैदानमा आयोजना गरिएको लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवको तयारी पुरा भएको जनाएको छ ।

थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा पौष २७ र २८ गते दुई दिने माघ महोत्सवमा अन्य आकर्षणका रूपमा थारू समुदायको परम्परागत भेशभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायत स्थानीय झाँकीहरुको प्रवद्र्धनमा सम्पूर्ण तयारी पुरा गरिएको झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि कलाकारको उपस्थिती रहने संयोजक थारुको भनाई छ । उहाँका अनुसार राष्टिूय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने छ ।


महोत्सव हेर्न आउने दर्शकहरुलाई मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुले थारु पहिरनमा सांस्कृतिक नृत्य, झुला, थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, लगायत थारु समुदायको पहिचान झल्काउने कार्यक्रमको प्रदर्शनी हुने संयोजक थारुले बताए ।

महोत्सवको उदघाटन कार्यक्रममा प्रमुख अथिती तथा लुम्विनी प्रदेशका पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले तथा बिशिष्ट अथिती पुर्व मन्त्री फत्ते सिंह थारु र समाजसेवी गोपाल दहितको उपस्थिती समेत रहने संयोजक थारुले जानकारी गराए । महोत्सवमा हरेक बिधाका उत्कृष्ट व्यक्तित्वलाई समान पनि गरिने उनले जानकारी दिए ।

महोत्सवको पहिलो दिन थारु कला, संस्कृति झल्किने थारु भेषभुषा सहित हलो जुवा, छिट्वा, ढकिया, डेल्वा, छट्रीसहित नेपालगञ्जको मुख्यबजार धम्बोझी चोकदेखि निस्कने झाँकी सहितको ¥याली सेतुविक चोक, न्युरोड, त्रिबेणीमोड, त्रिभुवन चोक, सदरलाईन, भेरी अस्पताल हुदै रामलिला मैदानमा पुग्ने थारु कल्याणकारिणी सभा बाँकेले जनाएको छ ।

महोत्सवमा थारु परिकार ढिक्री, घोङघी, सिद्रा माछाको चटनी, आलुको अचार लागयत परिकारहरु प्रदर्शनीका साथै विक्रि वितरणको लागि राखिने समेत आयोजक टिमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक अनुशासनमा जोड दिँदै बाँके ट्राफिक

२६ पुष २०७९, मंगलवार १४:१६
नेपालगञ्ज : बाँके ट्राफिकले सडक अनुशासनमा जोड दिँदै दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सडक दुर्घटना न्यूनीकरण ट्राफिकको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उसले सरोकारवाला सबैको जिम्मेवारपूर्ण व्यवहारको खाँचो महशुस गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सबै नागरिकको जिम्मेवारपूर्ण कर्तब्य र इच्छाशक्तिले मात्र दुर्घटना […]

सम्बन्धित