डुडुवा–६ का किसानले आलुखेतिबाट मनग्य आम्दनी गर्दै

३ हजार हेक्टरमा साढे ३७ हजार मेट्रिकटन आलु उत्पादन

यदुराज मिश्र २४ चैत्र २०८०, शनिबार १५:४३
 

डुडुवा (बाँके) :  बाँके डुडुवा गाउँपालिका वडानं. ६ का किसान व्यावसायिकरुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको विभिन्न क्षेत्रमा आलुखेती गरिए पनि डुडुवा–६ हिरमिनियाका किसान व्यावसायिक आलुखेतीमार्फत आत्मनिर्भर बनेका छन् ।

यस वडामा रहेको करिब ३० वटै गाउँका किसान आलुखेती गर्दै आएका छन् । डुडुवा गाउँपालिका वडा नं. ६ भंघोटनाका किसान बंशीलाल मौर्यले करिब ४ बिघामा आलुखेती गरेका थिए । जसबाट ३ सय क्विन्टलको हाराहारीमा आलु उत्पादन भएको कृषक मौर्यले बताउछन ।

यसवर्ष राम्रो भाउमा आलु बिक्री भए पनि उत्पादनमा ह्रास आएको उनको भनाई छ । हिउँदे वर्षा नहुँदा यसवर्ष आलुको उत्पादन घटेको उनको विश्वास छ । ‘आलुमा गेंडा लाग्यो तर, हिउँदे वर्षा नहुँदा त्यो गेंडा बढ्न सकेन’ उनले भने ।

खायन आलुका साथै आलुको बिउसमेत उत्पादन गर्दै आएका मौर्यले खायन आलु बिक्री गरेका छन् भने अर्को वर्ष विउमा प्रयोग गरिने आलु कोहलपुरस्थित कोल्ड स्टोरमा राखेका छन् । ‘मैले अर्काको बिउ प्रयोग गर्दैन आफैले उत्पादन गरेको बिउ लगाउँछु र बचेको बिउ बिक्री गर्छु’ उनले भने ।


यस्तै डुडुवा गाउँपालिका वडा नं. ६ बल्दीपुर्वाका किसान गुरुदिन यादवले पनि ३० कठ्ठामा व्यावसायिकरुमा आलुको खेती गरेका थिए । त्यसबाट उनले यसवर्ष मनग्य आम्दनी गरे । उनले ३० कठ्ठाबाट १० टन आलु उत्पादन गरे । यसवर्ष झुल्सा रोग नलागे पनि आलुको उत्पादन घटेको यादवको भनाई छ ।

‘यसवर्ष झुल्सा लगायत अन्य रोग लागेन तै पनि उत्पादन घट्यो’ उनी भन्छन् । शुरुमा दुई हजार रुपैयाँ प्रति क्विन्टलमा बिक्री भएको आलुको भाउ अहिले ४ हजार रुपैयाँ प्रति क्विन्टल रहेको छ । कृषक यादवका अनुसार धेरै किसानले शुरुमै काँचो आलु खनेर बिक्री गरे भने अधिकाँश किसानले आलु छिपिएपछि मात्र खनेका छन् । पछि आलु खनेका किसानले राम्रो आम्दनी लिन पाएको यादवको भनाई छ ।

यसवर्ष बाँकेमा ३ हजार हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । जसमध्ये ३७ हजार ५ सय मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि अर्थबिज्ञ जीवनकुमार केसीले जानकारी दिए ।

यहाँका किसान पूर्खौदेखि आलुखेती गर्दै आइरहेका छन् । आलु खेतीका लागि उर्वरभूमि भएका कारण यस क्षेत्रमा अन्य खेतीको तुलनामा मनग्यरुपमा आलु उत्पादन हुने गर्दछ । पछिल्लो समयमा अधिकांश ठाउँमा आलु उत्पादक किसानलाई आलुमा लाग्ने कमिलो र डढेलो रोगका कारण पिरोली रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा ६ मा एमालेको वडा कमिटी गठन

२४ चैत्र २०८०, शनिबार १५:४३
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडानं. ६ मा नेकपा एमालेले शनिवार वडा कमिटी गठन गरेको छ । वडा कमिटीका निवर्तमान अध्यक्ष ओरीलाल मुराउको अध्यक्षतामा भएको  अधिवेशनले अध्यक्षमा पुनः मौर्यलाई चयन गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं डुडुवा इन्चार्ज पशुपति दयाल मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ११ सदस्यीय […]