कोरोनाबाट बाँकेमा बर्दियाका एक जनाको मृत्यु

सदरलाइन संवाददाता १३ बैशाख २०७८, सोमबार १७:३९
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट रेफर गरिएका बर्दिया बढैयाताल ८ का ४३ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्ज पुर्याएलगत्तै मृत्यु भएको हो ।

कोहलपुरबाट थप उपचारका लागि नेपालगञ्ज ल्याएलगत्तै उनको सोमवार दिउँसो १२ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका १ सय ५ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा थप तीन जनाको ज्यान गयो

१३ बैशाख २०७८, सोमबार १७:३९
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । बाँकेका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ३ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना बाँकेका र १ जना दाङका संक्रमित रहेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । सोमबार बिहान ६ः२० बजे तुलसिपुर […]