भेरी अस्पतालमा डेंगुका १९ जना बिरामी भर्ना

सदरलाइन संवाददाता २९ भाद्र २०७९, बुधबार १२:५७
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा डेंगुका १९ जना बिरामी भर्ना भएका छन् । बाँकेमा हालसम्म नेपालगञ्ज उपमहानगरपालिकका ५, कोहलपुर नगरपालिकाका २ र बैजनाथ गाउँपालिकाका १ गरी ८ जना र बाहिरका ११ जना डेंगुका बिरामी उपचाररत रहेको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए ।

उनका अनुसार बाँकेबाहेक दाङ, बर्दिया र कर्णाली प्रदेशका डेंगु संक्रमित उपचारमा भेरी आएका हुन् । बाँकेमा देखिएका डेंगुका एक बिरामी नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्कका हुन् भने ७ जना काठमाडौं, चितवन र बुटवलबाट प्रभावित भएर आएका हुन् । बसपार्क क्षेत्रमा एक जनामा डेंगु देखिएपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ ।

बसपार्कका गाडीका टायर, प्लास्टिक बट्टा र खाल्डाखुल्डीमा जमेको पानीमा रहेका लार्भा नष्ट गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जनाए ।


त्यसबाहेक नेपालगञ्ज उपमहानगरपालिकाले वडा–वडामा सचेतना र सरसफाई अभियान सञ्चालन गरिएको छ । नेपालगञ्जका स्थानीयहरुको घरभित्र डेंगु संक्रमित लामखुट्टेको लाभ्रा भेटिएको छ ।

स्थानीयहरुको घरमा राखिएको गमला, खानेपानी ट्यांकी, पानी राख्ने ड्रम, टीन र प्लास्टिकको खाली बट्टा, टायर, सिसी र कन्टेनरमा डेंगु संक्रमित लामखुट्टेको लाभ्रा भेटिएको जनस्वाथ्यकर्मीले जनाएका छन् ।

चिकित्सकहरुका अनुसार डेंगुबाट जोगिन शरीर राम्रोसँग ढाक्ने गरी कपडा लगाउने, गमला, एसी, फ्रिज, कुलरको पानी फेर्ने, खाली डब्बा, टायरमा पानी जम्न नदिने, घरको झ्यालमा जाली लगाउने र सुत्ने समयमा झुल प्रयोग गर्नुपर्छ । स्वास्थ्य कार्यालयले बाँके जिल्लालाई डेंगुको उच्च जोखिममा राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुख्खाग्रस्त नरैनापुर गाउँपालिका बन्यो चुनावी मुद्दा

२९ भाद्र २०७९, बुधबार १२:५७
नेपालगञ्ज : मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनको उम्मेदवारी टुंगो नलाग्दै दलहरुले बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने नरैनापुर गाउँपालिकाको सुख्खाग्रस्त समस्यालाई प्राथमिकताका साथ उठाउन थालेका छन् । सत्ता गठबन्धन दलका नेताहरुले डिप बोरिङ जडान, सिक्टा सिंचाइ आयोजनाको नहर निमार्णका लागि सरकारी पहल भइरहेको आश्वासन दिइरहेका छन् […]