ब्रत र शौभाग्यको महिना साउन

२ श्रावण २०७४, सोमबार १६:४२
 

सदरलाइन / स्मृती देवकोटा 
२ साउन, नेपालगन्ज : हिन्दू महिलाहरुका लागि साउनका सोमबार बिशेष दिनको रुपमा लिने प्रचलन रहेको छ । विबाहित महिलाले साउनको पहिलो सोमवारदेखि अन्तिम सोमबारसम्म आत्मशुद्धि र आफ्ना श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बस्ने र शिव महादेवको पूजाआजा गर्ने चलन रहेको छ । अविबाहितले आफ्नो स्वास्थ्य तथा राम्रो पति पाउने कामनाका साथ ब्रत बस्ने प्रचलन रहेको छ ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा पहिलो सोमबार महिला ब्रतालुहरुको भिडभाड रहेको छ । साउनको पहिलो सोमवार ब्रत बसेर बागेश्वरी मन्दिरमा पूज ागर्न आएकी कारकाँदोकी मन्जु रिजालले आफु र आफ्नो परिवारको उन्नती र दिर्घायुको लागि ब्रत बसेर पूजा गर्न मन्दिर आएको बताईन ।
उनले भनिन–‘ साउन महिना भरि हरियो पहिरनमा रहने, हातमा हरियो चुरा र मेहन्दी लगाउने चलन नै बसि सकेको छ । त्यसैले मैले पनि लगाएकी हुँ ।’ हिन्दू नारीहरुलाई श्रीमानको आयु दिर्घायु होस, निरोगी बनुन भन्नको लागि ब्रत बस्ने गरेको उनको दावी छ ।
साउन महिना सुरु हुने वित्तिकै हरियो मौसम सुरु हुने सबै रुख विरुवा, घाँसपातहरु पलाउने महिना भएको कारणले पर्यावरणसंग रमाउन हरियो बस्त्र लगाउने चलन रहेको महिलाहरु बताउँछन् ।
यस वर्षको साउनमा ५ सोमवार परेको हुनाले पाँचवटै सोमवार ब्रत बसेर पूजा आजा गर्दै मनाउने तयारीमा रहेको नेपालगन्जकी सविना गौतमले बताईन । उनी हरेक वर्ष ब्रर्त बस्दै आएको बताउछिन । साउन महिनामा पाँचओटा सोमबार परेकोले पुत्र नभएकालाई पुत्र प्राप्ति हुने, धन प्राप्ति हुने र अविद्यालाई विद्या प्राप्त हुने विश्वास अनुरुप ब्रत आरम्भ गरी शिवको पूजा आराधना गर्ने प्रचलन रहि आएको धार्मिक मान्यता छ ।
विवाहीत महिलाहरु साउन महिनाभर सौभाग्यको प्रतीक हरियो चुरा मेहन्दी र बस्त्र लगाउने र साउन महिनाभर प्रत्येक सोमबार ब्रत बसी शिवको पूजा आराधना गर्दछन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तराष्ट्रिय बाघ दिवसका अवसरमा नेपालगन्जमा फोटो प्रदर्शनी हुदै

२ श्रावण २०७४, सोमबार १६:४२
सदरलाइनडटकम  २ साउन, नेपालगन्ज : अन्तराष्ट्रिय बाघ दिवसका अवसरमा आगामी साउन १४ र १५ गते नेपालगन्जमा फोटो प्रदर्शनी हुने भएको छ । अन्तरालको व्यवस्थापनमा हुन लागेको ‘वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनीमा मुलुक भरका कुनै पनि स्थानमा खिचिएका फोटो समावेश हुनेछन् । व्यवसायिक फोटो पत्रकारका अलावा सर्वसाधारणले पनि आफ्नो फोटो […]

सम्बन्धित