बर्दियामा बालविवाह रोक्न छ बुँदे प्रतिबद्धता

सदरलाइन संवाददाता २५ चैत्र २०८१, सोमबार ११:३७
 

गुलरिया (बर्दिया)  : थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको समन्वयमा बर्दियाको गुलरीयामा बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा पत्र जारी गरिएको छ ।

बर्दियामा बालबिवाह न्युनिकरणका लागि बरघरहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा ब्यापक छलफलपछि ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको हो ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले घोषणा गरिएको प्रतिवद्धताहरुमा बालबिवाहलाई कुनै पनि हालतमा स्वीकार नगर्ने, बालबिवाह बिरुद्ध ब्यापक जनचेतना अभिबृद्धी गर्ने, बालबिवाह बिरुद्धका नीति, नियमहरुलाई कार्यन्वयन गर्न सम्बन्धित निकायमा पैरवी गर्ने र बालबिवाह न्युनिकरणको बिषय बरघर ऐनमा समाबेश गरी बरघरलाई अधिकार तथा श्रोत साधन सम्पन्न बनाउन पहल गर्ने रहेको जानकारी दिए ।

सोही प्रकारले बरघरहरुले एकजुट भई बालबिवाह बिरुद्ध बिभिन्न अभियान तथा कार्यक्रम संचालन गर्ने, बिवाहको उमेर २० बर्ष नै कायम राख्नका लागि निरन्तर वकालत गर्नेे प्रतिबद्धता पनि सो अवसरमा घोषणा गरिएको अध्यक्ष तुलाधरले बताए ।

उनले बर्दियामा बालबिवाहको अबस्था, यसका कारणहरु तथा न्युनिकरणमा गर्नु पर्ने कार्यहरुका बारेमा बृहत्त छलफल गरी यसका लागि बरघरहरुलाई जिम्मेवार बनाउने उध्येश्यका साथ सो कार्यक्रम सम्पन्न भएको बताए ।

थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारुले बालबिवाह न्युनिकरणका लागि आबश्यक योजना, नीति निर्माण र बजेट बिनियोजन गराउन संघीय, प्रदेश र स्थानीय सरकारसँग थारु आयोगले निरन्तर पैरवी गर्ने बिश्वास दिलाए ।

उनले यसका लागि सबैभन्दा उत्तम पात्र बरघरहरुनै रहेको जनाउँदै बरघरहरुको सक्रिय भूमिका भएमा बालविवाहलाई पूर्ण रुपमा रोक्न सकिने कुरामा जोड दिए ।


लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले बालबिवाह न्युनिकरणका लागि आबश्यक निति निर्माण र बजेट ब्यबस्थापनमा प्रदेश सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन हरसंभव प्रयास गरिने बताए ।

थारु आयोगका सदस्य भोलाराम चौधरीले समग्रमा बालबिवाहको अबस्था र बालबिवाह न्युनिकरणमा बरघरहरुको भुमिकाका बिषयमा प्रस्तुतीकरण गर्दै सबैको सामुहिक प्रयासबाट यो समस्या समाधान हुने बताए ।

प्लान ईन्टरनेशनल नेपालका नीति तथा पैरवी ब्यबस्थापक ईरशाद अन्सारीले प्लानले बिगतदेखि नै बर्दियामा साझेदार संस्थामार्फत बालबिवाह न्युनिकरणमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सो कार्यका लागि बरघरहरुको भुमिकालाई बिशेष बनाउने कुरामा जोड दिए ।

सो अन्तरक्रियामा बारबर्दिया नगरपालिकाका मेयर छबिलाल थारु, मधुवन ४ का वडा अध्यक्ष बलीराम चौधरी, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्धिकी, बरिष्ठ उपाध्यक्ष पंचम गुरुङ्ग, बित्त तथा प्रशासन ब्यबस्थापक बेद प्रकाश पंगाली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, थारु कल्याणकारी सभाका महामन्त्री मिनराज चौधरी, जिल्ला संयोजक बिरबहादुर चौधरी, बी ग्रुपका कार्यक्रम ब्यबस्थापक भानु लिम्बु र प्लान ईन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत निर्मला महत लगायतको पनि सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बर्दिया जिल्लामा बालबिवाहको अबस्था, बालबिवाहका कारण, जिल्लामा यसको न्युनीकरणका लागि भए÷गरेका प्रयासहरु र बालबिवाह न्युनिकरणका लागि बरघरहरुको भुमिकाको बिषयमा प्रस्तुतीकरण गरेका थिए ।

सो प्रस्तुतीकरणमा बर्दियामा बालबिवाहको अबस्था पाँच वर्ष अघि ४६% रहेकोमा र हाल घटेर २१% मा झरेको जानकारी गराईएको थियो । खुला छलफलमा सहभागीहरुले बिगतको तुलनामा बालबिवाहको दर घटेको र यसमा स्थानीय सरकार, बिभिन्न संघ, संस्थाहरु र बरघरहरुको उल्लेखनीय भुमिका रहेको जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्याग्दीको अन्नपूर्ण हिमाल क्षेत्रको हिउँपहिरोमा परी दुईजना बेपत्ता

२५ चैत्र २०८१, सोमबार ११:३७
म्याग्दी  : म्याग्दीको अन्नपूर्ण हिमाल क्षेत्रमा सोमबार गएको हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट टे«किङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिए । आधार शिविरमा रहेका अन्य शेर्पाहरू […]

ताजा अपडेट