म्याग्दीको अन्नपूर्ण हिमाल क्षेत्रको हिउँपहिरोमा परी दुईजना बेपत्ता

सदरलाइन संवाददाता २५ चैत्र २०८१, सोमबार १८:०८
 

म्याग्दी  : म्याग्दीको अन्नपूर्ण हिमाल क्षेत्रमा सोमबार गएको हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् ।

अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट टे«किङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिए ।


आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले बताए ।

पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेविज लागेको कुकुरले टोक्दा झापामा १२ जना घाइते

२५ चैत्र २०८१, सोमबार १८:०८
झापा :  झापाको कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो । घाइते हुनेमा चार वर्षिया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । […]