गण्डक नहरमा भेटिएको डल्फिन नारायणी नदीमा छाडियो

सदरलाइन संवाददाता १९ चैत्र २०८०, सोमबार १८:४०
 

पश्चिम नवलपरासी :  लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीको प्रतापपुर–७ सुर्यपुरास्थित गण्डक नहरमा डल्फिन भेटिएको छ ।

गत शुक्रबार दिउसो भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदिमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रविन्द्रनाथ चौधरीले जानकारी दिए ।


केहि दिनदेखि सुर्यपुरामा रहेको गण्डक विद्युत गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानीयले डल्फिनको खोजि गर्दे आएका थिए । उक्त डल्फिन त्रिवेणीस्थित गण्डक बाँधबाट भारतीय नहर हुँदै सुर्यपुरा विद्युत गृहको बाँधसम्म आईपुगेको निमित्त प्रमुख चौधरीले बताए ।

उनका अनुसार उक्त डल्फिन अनुमानित ७०–७५ किलोको थियो भने लम्बाई ६ फिट बढि थियो । पछिल्लो समय नारायणी नदिमा डल्फिनको सङख्या बढ्दै गएको छ । तर डल्फिनको संरक्षणमा सरकारले चासो नदिएको संरक्षणकर्मिहरुको गुनासो छ । डल्फिनहरू नदीको उल्टो बहाव भएको पानीको भुमरी पर्ने ठाउँमा बस्न रुचाउने बताइन्छ ।

एक घण्टामा झण्डै ६० किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्ने डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेललाई तेश्रो पटक विश्वासको मत

१९ चैत्र २०८०, सोमबार १८:४०
मकवानपुर (हेटौडा) :  नयाँ सत्ता समिकरण निर्माण भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मट्टेलले यो समेत गरी तेश्रो पटक पनि विश्वासको मत पाएका छन् । मुख्यमन्त्री जम्कट्टेलले सोमबार बसेको प्रदेश सभा बैठकमा राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । १ सय १० सदस्य रहेको प्रदेश सभामा विश्वासको […]