राप्तीसोनारीका ३०७ लाई प्रशासनमा खानासहित नागरिकता 

सदरलाइन संवाददाता १३ चैत्र २०७७, शुक्रबार १६:५७
 

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले राप्तीसोनारी गाउपालिकाका विपन्न तथा असाहे नागरिकलाई लक्षित गरी नागरिकता शिविर मार्फत नागरिकता वितरण गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले सरकार र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन नागरिक कै घरदैलोमा सेवा दिने उदेश्यले राप्तीसोनारी गाउपालिकासंगको सहकार्यमा नागरिकता शिविरको आयोजना गरिएको बताए ।

उनीहरुलाई घरदैलो मै नागरिकता दिन सकिने भएपनि राष्ट्रिय परिचयपत्रको फोटोसमेत खिच्ने कार्यलाई नेपालगञ्ज ल्याईएको प्रजिअ कुरुम्बाङ्गले जानकारी दिए ।


जिल्ला प्रशासन कार्यालयबाट राप्तीसोनारी गाउपालिकाको वडा नं. ३, ४ र ५ मा नागरिकताको टोली खटाई ३ सय ७ जनाको सर्जिमिन मुचुल्का तयार गरी उनीहरुलाई गाउपालिकाले उपलब्ध गराएको बसबाट जिल्ला प्रशासन कार्यलय ल्याउने र लैजाने व्यवस्था गरिएको थियो भने दिवा खानाको व्यवस्था जिल्ला प्रशासनले गरेको राप्तीसोनारी गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष कान्छा थारुले जानकारी दिए ।

विपन्नताको कारण नागरिकता बनाउन नसकेकी बैजापुरकी ६७ वर्षिया पार्वती थापाले प्रशासनले घरमै पुगेर नागरिकता बनाई दिएकोमा खुशी व्यक्त गरिन । बाँके प्रशासनले राप्तीसोनारीबाट बसमा ल्याएका सबैलाई नागरिकता जारी गरी दिवा खाना खुवाई सोही बसबाटै घर फिर्ता गरेको थियो ।

Next Post

राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेमा कृष्णप्रसाद श्रेष्ठ

१३ चैत्र २०७७, शुक्रबार १६:५७
नेपालगञ्ज : राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शुक्रवार सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा नमप्रसाद शर्मा, उपाध्यक्षमा विष्णुप्रसाद गौतम, सन्जय अग्रवाल, सुदिप पौडेल, राजेन्द्र गिरी, उषा भण्डारी रहेका छन् । त्यस्तै सचिवमा […]