संघिय सांसद राईद्वारा सुरक्षा निकायलाई स्वास्थ्य सामाग्री उपलब्ध

२४ श्रावण २०७७, शनिबार ११:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा अप्रत्याशित रुपमा कोरोना संक्रमितको संख्या बृद्धि हुँदै जाँदा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राईले बाँकेका सुरक्षा निकायलाई मास्क र थर्मल गन उपलब्ध गराएका छन ।

पूर्वमन्त्री समेत रहेका सांसद राईले कोरोना संक्रमणको महाविपत्तिमा फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी सो सामाग्री उपलब्ध गराईएको बताए ।

यसअघि पनि पुर्वमन्त्री राईले आफ्नो व्यक्तिगत पहलमा जिल्लाका सुरक्षा निकाय तथा अस्पतालहरुलाई मास्क, सेनटाइज गर्ने मेसिन र पीपीई जस्ता स्वास्थ्य उपकरण वितरण गरेका थिए ।
फ्रन्टलाइनमा खटिएर काम गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कायर्यालय र अनुसन्धान विभागलाई सहजताका लागि ६ सय एन ९५ मास्क र दुई दर्जन बढी थर्मल गन पुर्वमन्त्री राईले उपलब्ध गराएका हुन ।

पुर्वमन्त्री राईद्धारा उपलब्ध गराईएका एन ९५ मास्क र थर्मलगनहरुलाई पुर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेल, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सुभास खड्का, सशस्त्र प्रहरी बाँकेका प्रमुख एसपी अशोक बम र अनुसन्धान विभागका बाँके प्रमुख कमल भट्टराईलाई हस्तान्तरण गरेका थिए ।


पुर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले अहिले नेपालगञ्जको अवस्था निकै जटिल बनेकोले जनताको सेवामा खटिनेहरुलाई सहज होस भनेर मास्क र थर्मल गन वितरण गरिएको बताए ।

उनले कोभिड १९ महामारीविरुद्ध सहयोग पुग्ने उदेश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै भिडभाड हुने ठाउँमा वा सहरका विभिन्न चोकचोकमा डिउटीमा रहेका सुरक्षाकर्मीले हिडडुल गर्नेहरुको ज्वरो नाप्न सहजता होस भनेर थर्मल गनहरु दिईएको बताए ।

स्वास्थ्य सामाग्री बुझ्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले समुदायमा संक्रमण फैलिएकोले अहिले यस्ता सहयोगले ठुलो काम गर्ने बताउँदै सहयोगका लागि धन्यवाद दिदै यी सामाग्रीको सदुपयोगमा ख्याल गरिने बताए ।

यसैगरि जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जटिल अवस्थामा डिउटीमा खटिने सुरक्षाकर्मीलाई मास्क र थर्मल गनले काम गर्न सहज र सुरक्षित बनाउने विश्वास गरे । सो हस्तान्तरण कार्यक्रममा पुर्व समाजवादी पार्टीका नेताहरु माजिद अली शेष र फैज हैदरको पनि सहभागिता रहेको थियो ।

Next Post

कालिकोटका पहिरो प्रभावितका लागि राहत बितरण

२४ श्रावण २०७७, शनिबार ११:५६
सदरलाइनडटकम, कालिकोट : कालिकोटका पहिरो प्रभावितका लागि राहत वितरण गरिएको छ । अविरल बर्षापछि साउनको दोस्रो साता आएको पहिरोबाट प्रभावित कालिकोट जिल्लाको तीन वटा गाउँपालिकाका स्थानीयवासीका लागि राहत वितरण शुरु गरिएको हो । अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालले प्रदेश सरकार, जिल्ला विपत व्यवस्थापन समिति कालिकोट तथा स्थानीय सरकारसँगको समन्वय […]