बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेललाई तेश्रो पटक विश्वासको मत

सदरलाइन संवाददाता १९ चैत्र २०८०, सोमबार १८:५२
 

मकवानपुर (हेटौडा) :  नयाँ सत्ता समिकरण निर्माण भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मट्टेलले यो समेत गरी तेश्रो पटक पनि विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार बसेको प्रदेश सभा बैठकमा राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । १ सय १० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत सम्बन्धी पक्षमा ५६ मत परेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । विश्वासको मत पाउन ५६ सांसदको समर्थन चाहिनेमा उनले ५६ मत नै पाएका छन ।

उनलाई नयाँ सत्ता समिकरणका ४ दलले पक्षमा मतदान गरेका थिए । नेकपा एमाले (२७), नेकपा एकीकृत समाजवादी (७), नेकपा माअओवादी केन्द्र (२१), हाम्रो नेपाली दल (१) का सासदले मतदान गरेका थिए ।


प्रस्तावको विपक्षमा ३७ मत परेको छ । नेपाली काग्रेसका सबै सांसदले विपक्षमा मतदान गरे । राप्रपा र नेमकिपाले तटस्थ रही निर्वाचन प्रकृयामा सहभागिता जनाएनन् ।

राप्रपाका सभामुख सहित बागमतीमा १३ र नेमकिपाका ३ सासद रहेका छ्न । बैठकमा २ जना अनुपस्थित भएको सभामुख पाठकले बताए ।

गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

२०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले त्यतीबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेश्रो खेलमा नेपाल‘ए’ ३ रनले बिजयी

१९ चैत्र २०८०, सोमबार १८:५२
सदरलाइन डेस्क  : नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा आयरल्यान्ड वल्भ्सलाई ३ रनले पराजित गरेको छ । नेपाल ‘ए’ले बनाएको दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड वल्भ्सले पुरै ओभर खेलेर २ सय १० रनमै सिमित भएको थियो । यो जितसँगै नेपाल सिरिजमा क्लिन स्वीप हुनबाट जोगिएको […]