ट्रकको ठक्करबाट दाङमा २ युवकको मृत्यु

सदरलाइन संवाददाता ४ बैशाख २०८०, सोमबार १३:२१
 

नेपालगञ्ज : ट्रकको ठक्करबाट दाङमा मोटरसाइकलमा सवार २ जना युवकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार घोराही ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङल्र जनाएको छ ।

सोमवार बिहान साढे ११ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले तुलसीपुर–घोराही सडक अन्तर्गत घोराही १० खैरा चोकमा गाउँतर्फबाट आउँदै गरेको लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


ट्रकको ठक्करबाट गोपालको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते भएका मोटरसाइकल चालक सन्देशको उपचारका क्रममा घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।

ठक्करबाट घटनास्थलमै मृत्यु भएका गोपालको शव अहिले खैरा चोकमै रहेको दाङ प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गोली लागेर सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

४ बैशाख २०८०, सोमबार १३:२१
नेपालगञ्ज : दाङको तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारले आफैंले आफैंलाई गोली हानेका छन् । स्थाई घर तुलसीपुर वडा नं ८ टिकरी भएका सशस्त्र प्रहरी सहायक हवल्दार ३५ बर्षीय वसन्त केसीले आइतवार राती पौने ९ बजेतिर आफैंले आफैंलाई गोली हानेका थिए । गोली लागेर उनको घटनास्थलमै मृत्यु […]

सम्बन्धित