किरण भुसालको ४५ औँ दिनको पुण्यतिथीमा क्वारेन्टाईनमा बसेकालाई खाद्यान्न सहयोग

३ असार २०७७, बुधबार २३:२१
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : गत बैशाख २० गते सडक दुर्घटनामा परेर ज्यान गुमाएका बाँकेको कोहलपुर–२ एनसिसियनका किरण भुसालको ४५ औँ दिनको पुण्यतिथीको अवसरमा बुधबार कोहलपुर नगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टानइमा बस्नेहरुका लागि खाद्य सामग्री वितरण गरिएको छ ।

भुसाल निबासमा आयोजित कार्यक्रममा कोहलपुरका नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतलाई १ लाख १ हजार ९ सय रुपँया बराबरको खाद्य सामाग्री बुझाइएको हो ।

खाद्य सामाग्री नगरपालिका मार्फत कोहलपुरका क्वारेन्टाइनमा पठाईने छ । खाद्य सामग्रीमा चामल, दाल, चना, तेल, चाउचाउ, चियापत्ती, साबुन, चिनि ,नुन ,स्वयाविन, हेण्डवास लगायतका सामग्रीहरु रहेका छन् ।

राहत सामग्री बुझ्दै नगर प्रमुख रावतले वर्तमान अवस्थामा ५ सय १२ जना क्वारेन्टाइनमा रहेका जनाउदै भुसाल परिवारबाट प्राप्त सहयोगले सकरात्मक काममा प्रेरणा मिलेको बताए ।


सामग्री वितरण गर्दै मृतकका काका एवं नेकपा बाँकेका नेता खिल प्रसाद भुसालले वितरित खाद्य सामग्रीबाट क्वारेन्टाइनमा बस्नेहरुका लागि केही राहत मिलोस भन्ने उदेश्यले वितरण गरिएको जनाए ।

सामग्री वितरण गर्दै मृतकका ठुला बुबा पोष्टराज भुसाले भतिजको व्यवसायीक एवं सामाजिक कार्यको प्रशंसा गर्दै आउदा दिनमा समेत सामाजिक क्षेत्रमा सहयोग गर्ने बताए ।

कोहलपरको एनटिभीरोड अगाडि मुख्य सडकमा नेपाली सेनाको बा.२ झ ६३४१ नं. को गाडीको ठक्करबाट भे ४ प ७६२० नं. को मोटर साईकललाई ठक्कर दिदा भुसालको मृत्यु भएको थियो ।

Next Post

उपचारको क्रममा मृत्यु भएकी कोरोना संक्रमित महिलाको अन्त्यष्टी

३ असार २०७७, बुधबार २३:२१
सदरलाइनडटकम, बैजनाथ (बाँके) : बाँके बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम संस्कार तथा शवको व्यवस्थापन कोबिड–१९ को निर्देशिका बमोजिम बुधबार बिहान गरिएको छ । दायाँ फोक्सोमा समस्या देखिएपछि गत ३० जेष्ठमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा भर्ना भएकी उनको असार १ गते सोमबार साँझ उपचारको क्रममा […]

ताजा अपडेट