२०८३ कात्तिक १४ , शुक्रबार
Sadarline
२०८३ कात्तिक १४ , शुक्रबार

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन चारदलबीच ५ बुँदे सहमति



दाङ्ग : लुम्बिनी प्रदेशमा चार दलबीच माओवादीको नेतृत्वमा सरकार गठन गर्ने पाँचबुँदे सहमति भएको छ ।

सत्ता गठबन्धनका नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई समर्थन गर्ने सहमति गरेका हुन् ।

सबै दलको अपनत्व हुने गरी प्रदेश सरकारबाट गरिने सबै राजनीतिक नियुक्तहरू गर्ने पनि सहमतिमा उल्लेख छ ।

सत्ता गठबन्धनका दलहरूले समर्थन गरे पनि मुख्यमन्त्री दाबीका लागि महरालाई बहुमत पुगेको छैन । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेश सांसदको समर्थन चाहिन्छ ।

सत्ता गठबन्धनसँग एमाले (२९), माओवादी (सभामुख बाहेक ८), जसपा (३), एकीकृत समाजवादी (१) र स्वतन्त्र सांसद खड्ग बस्नेत गर्दा ४२ मात्र हुन्छ ।

प्रकाशित मिति : २०८० चैत २२ गते बिहीबार
ताजा समाचार