लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको सरकार अल्पमतमा

सदरलाइन संवाददाता २६ फाल्गुन २०८०, शनिबार १५:३८
 

नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सरकार अल्पमतमा परेको छ । प्रदेश सभामा रहेका १० दल मध्ये ८ दलका ५३ प्रदेश सभा सदस्यको समर्थनमा गत २०८० बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरी नेतृत्वको सरकार नयाँ समीकरण बनेसँगै अल्पमतमा परेको छ ।

फेरिएको राष्ट्रिय राजनीति र नयाँ समीकरणका कारण मुख्यमन्त्री चौधरीलाई अब ४१ प्रदेश सभा सदस्यको मात्र समर्थन रहनेछ । ८६ सदस्य रहेको प्रदेश सभामा जानकीप्रसाद यादव भ्रष्टाचार मुद्दामा दोषी प्रमाणित भई निलम्बन परेसँगै अब ८५ सदस्य मात्रै रहेका छन् । मुख्यमन्त्री चौधरीलाई आफ्नो सरकार टिकाउन कम्तिमा ४४ प्रदेश सभा सदस्यको आवश्यकता पर्दछ । जो सम्भव देखिदैन ।


त्यसअघि प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता लिला गिरी माओवादी केन्द्रलगायतका दलको समर्थनमा छोटो समय मुख्यमन्त्री बनेका थिए । तर, फेरिएको राष्ट्रिय राजनीति र समीकरणका कारण सय दिनको सेरोफेरोमै एमाले नेतृत्वको सरकार विस्थापित भएको थियो ।

केन्द्रीय राजनीतिको प्रभावले माओवादी केन्द्रले गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रसहितका पार्टीको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरी मुख्यमन्त्री बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलेशियामा अलपत्र टोपबहादुरको उद्धार गर्न आग्रह

२६ फाल्गुन २०८०, शनिबार १५:३८
नेपालगञ्ज : बर्दिया बाँसगढी नगरपालिका–२, अमैयाकी टोपबहादुर वली विरामी अवस्थामा मलेशियामा अलपत्र परेका छन् । गएको कम्पनी छोडेर अर्कोमा गैरकानूनी रुपमा सेक्युरिटी गार्डको काम गर्दै आएका वली विरामी भएर अस्पतालमा अलपत्र परेका हुन् । वली नौ दिनदेखि अस्पतालमा छट्पटाइरहेका छन् । श्रीमती नन्दा वलीका अनुसार, टोपबहादुर सिलायन अस्पतालमा छन् । […]