बाँकेमा विभिन्न कार्यक्रमका साथ विश्व क्षयरोग दिवश मनाईयो

सदरलाइन संवाददाता ११ चैत्र २०८०, आईतवार १९:३५
 

नेपालगञ्ज :  विश्व क्षयरोग दिवसका अवसरमा बाँकेमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाईएको छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ ।

यस वर्षको विश्व क्षयरोग दिवस ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नाराका साथ दिवसको अवसरमा नेपालगञ्ज, कोहलपुरमा सचेतनामुलक ¥याली निकालिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका र विभिन्न संघसंस्थाहरूको समन्वयमा आयोजित र्यालीमा स्वास्थ्यकर्मी र सरोकारवालाहरु विभिन्न सचेतनामुलक प्लेकार्ड सहित उपस्थिति भएका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख रामबहादुर चन्दले नेपालगञ्ज उपमहानगरमा सबैभन्दा धेरै क्षयरोेगी पत्ता लागेको बताउदै सहकार्य विना एकल प्रयासले मात्र क्षयरोगी पत्ता लगाउने र उपचारमा ल्याउन कठिन भएको बताए । क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको उनको भनाई थियो ।


बाँकेमा चालू आर्थिक बर्षको हालसम्म ५ सय ३९ जना क्षयरोगी थपिएको क्षयरोग फोकल पर्सन साहले जानकारी दिए । क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको छ । लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगको हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

भेरी अस्पतालबाट सुरू भएको ¥याली नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि पुगेर समापन भएको क्षयरोग फोकल पर्सन रविन्द्र कुमार साहले जानकारी दिए । कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैगरी बाँकेको कोहलपुरमा समेत ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने मुख्य नाराका साथ विश्व क्षयरोग दिवस, ¥यालीसहित कोणसभा गरी मनाइएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आयोजित ¥यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरुको उपस्थिति थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

११ चैत्र २०८०, आईतवार १९:३५
अछाम : अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए । उनका अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् […]

सम्बन्धित