सदरलाइनडटकम,
नेपालगञ्ज : विगत वर्ष जस्तै यस वर्षपनि सुन्दरकाण्ड र हनुमान चालीसा पाठ महोत्सव शनिवारदेखि नेपालगञ्जमा शुरु भएको छ । हलचल फाउण्डेशनको आयोजनामा पुष २७ गतेसम्म चल्ने महोत्वसवको उद्घाटनाका अवसरमा नेपालगञ्ज वडा नं. ८ स्थित महाकाली मन्दिरबाट विहान शोभा यात्रासहित नगर परिक्रमा गरिएको थियो ।
विहान ६ बजेदेखि राती साढे ८ बजेसम्म चल्ने धार्मिक महोत्सवमा संगीतमय सुन्दरकाण्ड पाठ, अखण्ड रामायण पाठ, हनुमान चालीसा पाठलगायतका कार्यक्रम हुने हलचल फाउण्डेशनका अध्यक्ष राजुबाबु लखेरले जानकारी दिए । महोत्सवमा बाहिरबाट आएका श्रद्धालु भक्तजनहरुका लागि खाना र बस्नका लागि निःशुल्क व्यवस्था गरिएको उनले बताए ।

