सदरलाइनडटकम,
कञ्चनपुर : बस र मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । लालझाडी गाँउपालिका वडा नम्बर ६ चान्देव बजार नजिककै विहीवार बस र मोटरसाइकल ठोक्किँदा ढक्का शिविर बस्ने अन्दाजी ४५ बर्षीय पदम चौधरीको घटनास्थलमै मृत्यु भएको स्थानिय नरेश रानाले जानकारी दिए ।
कञ्चनपुरको बेलौरीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८७१९ नम्बरको बसमा म १ प १७६४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
बिहान ७ बजे भएको दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी प्रमुख रण बहादुर चन्दले जानकारी दिए । बस र चालक लक्ष्मण सापकोटालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक चन्दले बताए ।
