कोरोनाबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि

२ भाद्र २०७७, मंगलवार १६:१८
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षीय कोरोना संक्रमित एक पुरुषको मंगलवार अन्त्येष्टि गरिएको छ । उनको स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार नेपाली सेनाले अन्त्येष्टि गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङको नेतृत्वमा नेपाली सेनालगायतको उपस्थितिमा मुस्लिम परम्पराअनुसार नेपालगञ्जस्थित कब्रिस्तानमा नमाज पढेपछि सेनाले सलामी दिएर उनको अन्त्येष्टि गरिएको हो ।


मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गर्न दिएकोमा कब्रिस्तानका अध्यक्ष, जडिबुटी व्यवसायी संघका अध्यक्ष, तथा प्रदेश ५ का सभासद मोहम्मद याकुब अन्सारीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ, प्रमुख सेनानी नहकुल थापा, नेपाल प्रहरीका प्रमुख लगायतको टोलीलाई धन्यवाद दिएका छन् । मृतकको भदौ १ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

 

Next Post

अपांगता भएका ब्यक्तिहरुलाई सहयोग

२ भाद्र २०७७, मंगलवार १६:१८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई विभिन्न सामग्री उपलब्ध गराएको छ । उपमहानगरपालिकाको कार्यालयमा मंगलवार मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्कालगायतले सामग्री वितरण गरे । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार शारीरिक अपांगता भएका ८ जनालाई ट्राईसाईकल र १६ जना दृष्टिविहिनलाई […]