लैंगिक हिंसाविरुद्ध सडक नाटक

सदरलाइन संवाददाता २३ फाल्गुन २०८०, बुधबार १४:०४
 

नेपालगञ्ज : वाल विवाह र लैंगिक हिंसाविरुद्ध सचेतनामूलक सडक नाटक देखाइएको छ । बाँकेको खजुरा गाउँपालिका–४ श्री जानकी मावि प्राँगड तथा जानकी गाउपालिका–४ मानपुर गाउंको मुख्य सडकमा सडक नाटक प्रर्दशन गरिएको हो ।

इन्सेकद्वारा बाल अधिकार समूह श्री जानकी मावि जानकी गाउपालिका–४ जानकी र मानव अधिकार सचेतना समूह खजुरा तथा इन्सेकको आयोजनामा सडक नाटक देखाइएको हो ।


जानकी मावि जानकी गाउपालिका–४ सहायक प्रधानाध्यापक ललित बहादुर खत्रीले विद्यालयमा बालबालिकाहरुको ज्ञान सीप क्षमता अभिबृद्धि हुने र समुदायमा सचेतना फैलाउनमा सहयोग गर्ने गरेको भन्दै इन्सेकलाई धन्यवाद दिए । साथै बालअधिकार समूह र विद्यालय परिवार समन्वयका साथ कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्ने बताए ।

इन्सेकले विगत २ वर्षदेखि मानव अधिकार गठन गरि उक्त विद्यालयमा विभिन्न सचेतनात्मक तथा बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्ने, समुदायमा सचेतना गराउदै आएको जसको प्रभावले बालविवाह र घरेलुहिंसा न्युनिकरणमा सहयोग पुग्ने इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारुले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका मदरस मूलप्रवाहमा आउन सकेनन्

२३ फाल्गुन २०८०, बुधबार १४:०४
नेपालगञ्ज : बाँकेमा दर्ता भएका सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन् । जिल्लामा दर्ता भएका एक सय छ मदरसामध्ये नेपालगन्ज उपमहानगरपालिकामा ३८ वटा दर्ता छन् । उपमहानगरमा दर्ता भएका मदरसाले मात्रै राहत कोटाको अनुदान पाउने गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार […]

ताजा अपडेट