सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा प्रतिबन्धित ड्रग्ससहित नेपालगञ्जमा एक जना पक्राउ परेका छन् । कालिकोट तिलागुफा नगरपालिका ४ का २१ बर्षीय भरत शाही ४४९ ट्याब्लेट नाइट्राभेटसहित जमुनहामा पक्राउ परेका हुन् ।
रुपईडिहाबाट नेपालगञ्ज आउँदै गर्दा उनलाई लागुऔषध नियन्त्रण ब्युरोले अपरान्ह साढे ४ बजे जमुनहाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
