शनिबारदेखि नेपालगन्जमा मेयरकप रात्री कबड्डी प्रतियोगिता हुँदै

७ बैशाख २०७५, शुक्रबार १८:१७
 

सदरलाइनडटकम  
७ बैशाख, नेपालगन्ज  : लोप हुन लागेको कब्बडी खेलको विकास र आठौ राष्ट्रिय खेलकुदको तयारीमा टेवा पुर्याउने उद्दश्यले नेपालगन्जमा शनिबारदेखि ‘मेयरकप रात्री कब्बडी प्रतियोगिता हुने भएको छ ।
नेपालगन्ज उप–महानगरको सहयोग र मिशन विक्ट्री नेपालको आयोजनामा बैशाख ८ गते शनिबारदेखि वडास्तरिय कबड्डी प्रतियोगिता हुने भएको जानकारी आएको छ ।
कबड्डी संघका अध्यक्ष राहुल अन्सारीले लोप हुन लागेको कब्बडी खेलको विकास र आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा सहयोग हुने उद्देश्यले कबड्डी प्रतियोगिताको आयोजना गरिएको बताए ।
शनिबारबाट सल्यानी बंगलाको स्कुलमा हुने कबड्डी प्रतियोगितामा २० वटा समुहले भाग लिएको आयोजकले जनाएको छ । एक हप्तासम्म सञ्चालन हुने ‘मेयरकप रात्री कबड्डी’ प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोश्रो हुने समूहलाई २५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।
नेपालगन्ज उप–महानगरको वडा नम्बर ४ ले समेत सहकार्य गरेको सो प्रतियोगितामा उत्कृष्ट हुने १० जना खेलाडीलाई आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि तालिम समेत दिईने मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए ।

Next Post

दंंगाली गोर्खाज र रोल्पा गोरिल्लाज विजयी

७ बैशाख २०७५, शुक्रबार १८:१७
सदरलाइनडटकम, ७ बैशाख, कोहलपुर (बाँके ): कोहलपुरमा जारी नेपालगन्ज कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार भएको पाँचौ दिनको पहिलो खेलमा एनआईसि एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज विजयी भएका छन् । शुक्रबार भएको पहिलो खेलमा एनआईसि एसिया दंगाली गोर्खाजले अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सलाई ८ विकेटले पराजित गरेको छ […]